रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पा, २२ बैशाख ।
रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। परिवर्तन गाउँपालिका–३ बागमारा स्थित दुई खोली–चुनवाङ भित्री सडकखण्डमा आईतबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्याक्टर चालक दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ कुईरेपानी निवासी अन्दाजी २९ वर्षीय खिमबहादुर सुनार रहेको रोल्पा प्रहरीले जनाएको छ।


आइतबार राति दुई खोलीबाट बागमारा तर्फ जाँदै गरेको लु.प्र.०२–००१त ८९ नम्बरको ट्याक्टर करिब साढे नौ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेको थियो।

दुर्घटना भए लगत्तै स्थानिय बासिन्दाले तत्कालै प्रहरीलाई खबर गरेका थिए। दुर्घटनाको समयमा ट्याक्टरमा चालक बाहेक अन्य कोही सवार नरहेको र ट्याक्टर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।