प्रहरी नायब उपरीक्षकहरुद्वारा धन्यवाद ज्ञापन

शरद रेग्मी
दाङ, २४ साउन ।
दाङ जिल्लामा कार्यरत दुईजना प्रहरी नायब उपरीक्षले जिल्लावासिमा धन्यवाद ज्ञापन गर्नु भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाईमा यस क्षेत्रका बिभिन्न सामाजिक संघ सस्थाहरुले दुईजना प्रहरी नायब उपरीक्षकहरुसंग फेरि भेटौला कार्यक्रम सम्पन्न गरेका छन ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता मुकुन्द रिजाल र ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्याललाई एक कार्यक्रमका बिच कार्यकालको उच्च मुल्याङ्कन गर्दै प्रशसा पत्र समेत प्रदान गरिएको छ ।

तुलसीपुर उधोग वाणिज्य सङघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सरुवा भएर अर्घाखाचि जिल्ला जान लाग्नुभएका डिएसपि मुकुन्द रिजालले जिल्लमा रहदा सबैक्षेत्रबाट सहयोग प्राप्त भएको भन्दै आफ्नो कार्यकालमा विभिन्न तह र तप्काले महत्वपुर्ण सहयोग गरेको भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


त्यसैगरि ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले पनि पश्चिम दाङको शान्ति सुरक्षा कायम गर्दा सबैक्षेत्रबाट महत्वपुर्ण सहयोग प्राप्त भएको भन्दै सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । डिएसपि अर्यालको जिल्ला प्रहरी कार्यालय रुपन्देहिमा सरुवा भएको छ ।

कार्यक्रममा वाणिज्य सङघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी,उपाध्यक्ष ललितजग शाह,रिपोटर्स क्लका अध्यक्ष शरद रेग्मी,सामुदायिक सेवा केन्द्रकि अध्यक्ष नारायणि रजौरे लगायतकाले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण महासचिब बिनिल केसीले गर्नुभएको थियो ।