तुलसीपुरमा अहिले सम्म ६१ हजार बालबालिकाले लगाए दादुरा खोप

तुलसीपुर, ३ चैत ।
दाङको तुलसीपुरमा हाल सम्म ६१ हजार बढी बालबालिकाले दादुरा रुबेला विरुद्धको खोप लगाएका छन् । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई दिदै आएको उक्त खोप अहिले सम्म ६१ हजार ७३ जनालाई प्रदान गरिएको जनस्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिनुभएको छ ।


उहाँका अनुसार खोप लगाउन छुटेका बालबालिकाहरुका लागी चैत्र ७ गते सम्म नजिकको स्वास्थ्य संस्था वा तुलसीपुर नगर स्वास्थ्य केन्द्रबाट खोप उपलब्ध हुने छ । खोप अभियान फागुन २२ गतेदेखि सुरु भएको थियो ।