तुलसीपुर जेसिजको आयोजनामा बक्तृत्वकला

तुलसीपुर
६ साउन / तुलसीपुर नगर जेसिजको आयोजनामा तुलसीपुरमा बृहत माबि स्तरीय बक्तृत्वकला प्रतियोगिता भएको छ । बक्तृत्व कलामा तुलसीपुरका १४ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।

तुलसीपुरनगर जेसिजका अध्यक्ष केशवराज केसीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रतियोगितामा मावि अस्वाराकी सन्तोशी चौधरी र मावि रक्षाचौरका बिशाल वली प्रथम, शहीद स्मृति आबासिय माविका पर्शुराम रोका द्धितिय भएका थिए, भने हिमाल एकाडेमीका अर्जन बस्नेत तृतिय भएका थिए ।


प्रथम हुनेलाइ नगद रु.२५०० प्रमाणपत्र , कपी र कलम, द्धितियलाई नगद रु.२००० प्रमाणपत्र, कपी र कलम, तृतीय स्थान हुनेलाई रु. १५००, प्रमाणपत्र, कपी र कलम पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा मूल्यांकनकर्तामा निल प्रसाद सापकोटा, डा. कृष्णराज डीसी र तुलसीराम भट्टराई रहेका थिए । कार्यक्रमका संयोजक महासचिव पूर्णबिक्रम डाँगीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब सुरज भण्डारीले गरेका थिए । त्यस्तै जेसिज आस्था पाठ बरिष्ठ सल्लाहकार शालिकराम वलीले गरेका थिए ।