
दाङ, ३२ असार ।
दाङको राप्ती गाउँपालिकामा प्रहरीले बिलबिजक नभएको ठूलो परिमाणको युरिया मल बरामद गरेको
छ ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको चेकिङ टोलीले आज बिहान अन्दाजी २:०० बजे राप्ती गाउँपालिका–१, भालुवाङ चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधनहरू जाँच गर्ने क्रममा उक्त मल बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद गरिएको १४० बोरा युरिया मलको अनुमानित बजार मूल्य ३ लाख १ हजार रुपैयाँ रहेको छ ।
अवैध रूपमा ओसारपसार भइरहेको उक्त मललाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।



लाइभदाङ । ३२ असार २०८३, बिहीबार १३:४७ बजे