दाङ, २ साउन ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम नि:शुल्करुपमा सञ्चालनमा आएपछि प्रतिष्ठानको सेवा थप प्रभावकारी बन्दै गएको छ । प्रतिष्ठानमा उपकुलपतिकोरुपमा डा. विकास लामिछानेले जिम्मेवारी सम्हालेपछि आमा सुरक्षा कार्यक्रम नि:शुल्करुपमा सञ्चालन भएको हो ।
बैशाख १ गतेदेखी आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएपछि प्रतिष्ठानमा नि:शुल्क प्रसुति गराउन आउने महिलाहरु अहिले सेवा पाउँदा खुसि भएका छन् । प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले नि:शुल्क प्रसुति सेवा दिन थालेपछि विरामिको संख्या बढ्दै गएको बताए ।
थापाका अनुसार प्रतिष्ठानमा प्रसुति सेवा नि:शुल्क भएपछि गएको तिन महीनाको अवधिमा नर्मल डेलिभरी र शल्यचिकित्सा सेवावाट ६ सय ८२ जना महीलाले सुरक्षित सुत्केरी सेवा पाएका छन् । प्रतिष्ठानका सुचना अधिकारी निशान दाजु भट्टराइले प्रतिष्ठानमा गएको वैशाखमा १ सय २८ जनाले महिलाले नर्मल डेलिभरी सेवा लिएका छन् भने निशुल्क शल्यचिकित्सा सेवावाट ७३ जना महीलाले प्रसुति सेवा पाएका छन् ।
उनका अनुसार जेठ महिनामा १ सय ४० जनाले नर्मल डेलिभरी र ९४ जना महीलाले शल्यकृया गरेर प्रसुति सेवा पाएकोे सुचना अधिकारी भट्टराइले बताए । त्यसैगरेर असारमा १ सय ४७ जना महिलाले नर्मल डेलिभरी र १ सय जना महीलाले शल्यचिकित्सावाट प्रसुति सेवा लिएको सुचना अधिकारी भट्टराइले जानकारी दिए । प्रतिष्ठानमा प्रसुति सेवा विभागवाट शिक्षाध्यक्ष तथा प्रसुति सेवा रोग विशेषज्ञहरु डा. वसन्त लामीछाने, डा. शिशिर कवर, डा. सुगन्ध श्रेष्ठ, डा. कृताञ्जलि घिमिरेले सेवा दिइरहनु भएको छ ।
लाइभदाङ । २ श्रावण २०७९, सोमबार १४:३९ बजे