
तुलसीपुर, ७ फागुन ।
दाङको तुलसीपुर–९ स्थित जीवनप्रेमी एजुकेयर एकेडेमी बुधबार १८ बर्षमा प्रवेश गरेको छ । सोही अवसरमा विद्यालयले एक कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी कुमारी पुनको अध्यक्षता तथा तुलसीपुर–९ का वडा अध्यक्ष घनश्याम ढकाल प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि ढकालले राज्यको शिक्षा नीति विभेदकारी रहेको भन्दै यसले शिक्षा क्षेत्रमा सोचे अनुरुप उपलब्धी हाँसिल गर्न नसकिएको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुबेर केसीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर कायम राख्न विद्यालयले चालेका कदमहरूका बारेमा जानकारी गराए ।
त्यस अवसरमा तुलसीपुर नगर जेसिजका अध्यक्ष कमलप्रकाश शर्मा, समाजसेवी लालबहादुर वली, विद्यार्थीहरू जीवन धिताल र भावना खरेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । वार्षिकोत्सवमा गायीका कामना वलीले आफ्नो प्रस्तुती राखकी थिइन । उनको प्रस्तुतीमा विद्यार्थी, शिक्षक, अभिभावकले मनोरञ्जन लिएका थिए । शिक्षक मनिराम भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक मोतिराम भुषाल र शिक्षक मनोज सापकोटाले गरेका थिए ।



लाइभदाङ । ७ फाल्गुन २०८२, बिहीबार १९:१५ बजे