
तुलसीपुर, ३१असोज । तुलसीपुरमा एक युवकको मोवाइल र नगद लुटपाट आरोपमा दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका – १० बनगाउँका २६ बर्षीय होमबहादुर राना र २४ बषीय शंकर रेउले रहेका छन् । थप एक जना फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार असोज २९ गते राति ९ बजेतिर राना र रेउलेले सल्यानको बागचौर नगरपालिका – ९ का ३९ बर्षीय प्रेम डाँगीको मोवाइल र ८, ४०० लुटपाट गरेका थिए ।
तुलसीपुर – ५ न्यूरोडवाट डाँगीको मोवाइल र नगद रकम लुटपाट भएको थियो ।
पक्राउ परेका दुई जना विरुद्ध डाँका चोरी मुद्दा चलाउने गरि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । १ कार्तिक २०८२, शुक्रबार १०:४८ बजे