माओवादी केन्द्रका जिल्ला समिति खारेज

दाङ
३१ साउन / नेकपा माओवादी केन्द्रले पार्टीका जिल्ला समितिहरु खारेज गरेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकले जिल्ला समिति खारेज गर्दै नयाँ संरचनामा जाने निर्णय गरेको हो।

पार्टी संरचनामा फेरवदल गर्दै जिल्ला समन्वय समिति बनाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यस्तै केन्द्रीय समितिबाट पारित विधान अन्तरिम विधानकारुपमा लागू हुने उनले बताए।


विधानलाई राष्ट्रिय सम्मेलनले अन्तिमरुप दिने छ।