
तुलसीपुर, १३ कात्तिक ।
दाङको तुलसीपुर स्थित भिएफएक्स सिनेमाज हलबाट यही कात्तिक १९ गतेदेखि सिनेमा हेर्न पाइने भएको छ । तुलसीपुरको कराई होटेल परिसरमा निर्माण गरिएको उक्त सिनेमा हलको तयारी अन्तिम चरणमा पु¥याएको छ । जसले तीन किसिमका टिकेटदर तोकेको छ ।
एउटा ४ सय ५०, त्यसपछि अर्को ४ सय ९० र ५ सय ५० तोकेको हो । यद्यपी यो दर सार्वजनिक भएसंगै दर्शकहरुले भने यो टिकेटदरमा असहमति जनाएका छन् ।
शूल्क महंगो भएको भन्दै यसमा हेरफेर गर्नुपर्ने माग राखिएको छ ।



लाइभदाङ । १४ कार्तिक २०८३, शुक्रबार १८:५६ बजे