
तुल बहादुर कवँर मगर
सिसहनियाँ, १३ कार्तिक ।
दाङको राप्ती गाउँपालिकाले वडा नम्बर ८ जुरपानी निवासी अग्नी पिडित प्रेमबहादुर थापालाई राहत सामग्री प्रदान गरेको छ।
शुक्रबार गाउँपालिकाको टोलीले पीडित थापाको घरमै पुगेर त्रिपाल, ब्ल्याङ्केट, चामल, नुन, तेललगायतका राहत सामग्री प्रदान गरेको हो।
राहत सामग्री हस्तान्तरण गर्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीले तत्कालका लागि आवश्यक राहत सामग्री उपलब्ध गराइएको बताउनुभयो। उहाँले पीडित परिवारलाई थप सहयोग गर्न कार्यपालिका बैठकबाट निर्णय गरिने जानकारी दिनुभयो।
त्यस्तै, वडा नम्बर ८ कि वडा सदस्य चम्फा पुन मगरले वडाको तर्फबाट पनि पीडित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो।
राहत प्रदान कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिल आचार्य, सहायक पशु विकास अधिकृत शेरबहादुर हमाल, सहायक महिला विकास निरीक्षक रेनु पाण्डेलगायतको उपस्थिति रहेको थियो।
गत कार्तिक ८ गते विद्युत् सर्ट भएर थापाको घरमा आगलागी भएको थियो। आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट हुनुका साथै घरभित्र रहेका अन्नपात, लत्ताकपडा र भाँडावर्तनसमेत जलेर नष्ट भएका थिए।



लाइभदाङ । १४ कार्तिक २०८३, शुक्रबार १९:०८ बजे