अन्तर विद्यालय बास्केट बल प्रतियोगितामा गुरुकुल प्रथम

घोराही, १६ मंसिर ।
घोराहीमा भएको बास्केटवल प्रतियोगितामा गुरुकल एकेडेमीले उपाधि उचालेको छ । आज भएको फाईनल खेलमा गोरखा बोर्डिङलाई ६० अंकका विरुद्द ७६ अंक लिएर गुरुकुल एकेडेमी प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

घोराही उपमहानगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा अन्तरविद्यालय बास्केट वल प्रतियोगिता भएको हो । गत १२ गतेबाट भएको प्रतियोगिताको फाईनल खेल आज भएको हो । विद्यार्थीहरुलाई खेल क्षेत्रमा विकसित गराउने तथा लोप हुँदै गएको महत्वपुर्ण खेल बास्केट बललाई बचाई राख्न र संगसंगै शारिरिक फिट गराउने र खेलाडिहमा प्रोत्साहन गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरीएको खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले जानकारी दिनुभयो ।

आज भएको फाईनल खेलमा गुरुकुल एकेडेमीका यञ्जल चन्द सबैभन्दा उत्कृष्ट खेलाडि बन्न सफल भएका छन भने विराज पुन राइजिङ स्टार बनेका छन । सामुदायिक र संस्थागत विद्यालयहरुबिच प्रतियोगिता गर्ने घोराहि उपमहानगरपालिकाको निर्णय अनुसार बास्केट बल प्रतियोगिता गरीएको हो तर सामुदायिक विद्यालयहरुले भने भाग लिएका थिएनन् ।


यसै गरी संस्थागत ७ विद्यालयबाट ८ वटा समुह प्रतियोगितामा सहभागी भएका थिए । यि सबै समुहहरुलाई पछि पार्दै गुरुकुल एकेडेमीले उपाधि चुम्न सफल भएको हो । गुरुकुल एकेडेमीले जिल्लामा हुने धेरै जस्तो प्रतियोगितामा प्रथम उपाधि पाइसकेको छ । शिक्षा क्षेत्रमा अब्बल बनेको विद्यालय खेल क्षेत्रमा पनि अब्बल बन्दै गइरहेको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडिलाई ट्रफि प्रदान गरिएको थियो भने विजेतालाई ट्रफि ,मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । विजेता टिम गुरुकुल एकेडेमीको प्रशिक्षकमा बास्केट बल प्रशिक्षक राष्ट्रिय खेलाडी भुगोल कवर मगर रहनुभएको थियो भने प्रतियोगिता ब्यबस्थापनमा अतिरिक्त विभाग संयोजक विशालमान श्रेष्ठ रहनुभएको थियो ।