तुलसीपुर ९ दुधेना दुर्घटना अपडेटः पीडित परिवारले उठाए शव

दाङ,५ चैत ।
दाङको तुलसीपुर ९ दुधेनामा टप्परको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्युपछि तनाबग्रस्त रहेको सोही क्षेत्र अहिले सामान्य बनेको छ । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएपछि अबस्था समान्य बनेको हो । करिब तीन घण्टा पछि परिवारले शव उठाउन दिएका हुन् । शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा लगिएको छ ।

पीडित परिवारका आफन्तले टिप्पर चालकलाई तुलसीपुर नै ल्याउनु पर्ने माग गर्दै सडक अबरुद्ध गर्नुकासाथै शव उठाउन दिएका थिएनन । तर,अहिले अबस्था सामान्य भइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए ।


विहीबार साँझ ७ बजेतिर तुलसीपुर ९ दुधेनाको चमिखोला नजिकै रा १ ख २३०८ नम्बरको टिप्परले ठक्कर दिदा रा ७ प ६३३१ नम्बरको स्कुटरमा सवार तुलसीपुर ९ निवासी ४९ बर्षीय पुष्पा कडेलको मृत्यु भएको थियो । श्रीमान–श्रीमती सवार स्कुटरलाई पश्चिमबाट घोराही तर्फ जाँदै गरेको टिप्परले ठक्कर दिएको हो ।

टिप्परको ठक्करबाट श्रीमान दुर्गा कडेँल घाइते छन् । उनको अबस्था सामान्य रहेको छ । घटनापछि फरार रहेको टिप्परलाई प्रहरीले नारायणपुरबाट नियन्त्रणमा लिएको छ ।