दाङमा एकसयमा परीक्षण गर्दा ४१ मा संक्रमण

तुलसीपुर
३१ साउन / दाङमा आईतबार एकसय जनाको स्वाब परीक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्र दाङका अनुसार घोराहीका २८ जना, तुलसीपुरका ६ जना, लमहीका ६ जना र बबई गाउपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।


यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १६५ रहेको छ ।

त्यस्तै आईतबार थप १९ जना कोरोना मुक्त भएका छन् ।