
तुलसीपुर,२३ जेठ ।
दाङको तुलसीपुर स्थित घोराही रोडमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । पछिल्लो समय दुर्घटना बढिरहेको भन्दै चालक र यात्रुलाई सचेत बनाउन विद्युत अगाडी जेब्राक्रसिङ निर्माण गरिएको हो ।
जयजीव अभियान र शिव सेना नेपालको टोलीले शनिबार जेब्रा क्रसिङ निर्माण गरेको हो । जयजीव अभियानका अभियन्ता उपेन्द्र पौडेलका अनुसार दुर्घटना न्यूनिकरण गर्न जेब्राक्रसिङले महत्वपूर्ण भूमिका खेल्नेछ ।



लाइभदाङ । २३ जेष्ठ २०८३, शनिबार २३:३० बजे