
काठमाडौं,१५ चैत ।
एमालेको प्रदर्शनमा प्रहरीको लाठी चार्जबाट सांसद साजिदा सिद्धिकी घाइते भएकी छिन् । प्रदर्शनका क्रममा माइती घर मण्डलामा लाठी चार्ज हुँदा आफू घाइते भएको उनले बताइन् ।
विरोध प्रदर्शनका क्रममा एक महिलामाथि प्रहरीले कुटिपट गर्दा रोक्न खोज्ने क्रममा आफूमाथि लाठी प्रहार भएको उनको भनाइ छ । विरोध प्रदर्शनमा एकजना महिलाको पेटमा प्रहरीले लाठी हान्यो । छेक्न खोज्दा मेरो हातमा गहिरो चोट लाग्यो, उनले भनेकी छिन् ।
प्राथमिक उपचारपछि आराम गरिरहेको उनले बताएकी छिन् । सिद्धिकी एमालेबाट समानुपातिकतर्फबाट निर्वाचित भएकी छिन् ।



लाइभदाङ । १५ चैत्र २०८२, आईतवार २१:१२ बजे