
तुलसीपुर, १४ असोज ।
नेपाली काँग्रेस दाङ–३ अन्तर्गत महाधिवेशन प्रतिनिधिका उम्मेदवार तेजबहादुर कार्की आफूलाई मतदान गर्न अपील गरेका छन् । खुल्ला तर्फबाट उम्मेदवार बनेका उनले १५ औं नम्बरमा रहेको नाममा मतदान गर्न अपिल गरे ।
उनले आफू लामो समय काँग्रेसको राजनीतिमा सक्रिय रहदै आएको भन्दै अहिले आफूलाई न्याय हुने अपेक्षा गरेको बताए । उनी पश्चिम क्षेत्रमा सञ्चार माध्यमको प्रभाब विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका ब्यक्ती हुन् ।
आज मतदान हुँदैछ ।



लाइभदाङ । १४ आश्विन २०८३, बुधबार १०:१७ बजे