काँग्रेस दाङ ३ (ख) को सभापतिमा शम्भु गिरी बिजयी

तुलसीपुर, १५ असोज ।
नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं. ३ (ख) को सभापतिमा शम्भु गिरी विजयी भएका छन् । दंगीशरण गाउँपालिका अध्यक्ष समेत रहेका गिरीले सभापतिमा ४७० मत प्राप्त गरी विजयी भएका हुन् । जहाँ उनका प्रतिस्पर्धीहरू गोपाल बहादुर रावतले ९९ मत र निर्मल के.सीले ८५ मत प्राप्त गरे ।

त्यसैगरी, उपसभापति पदमा दुर्गा वली ३०९ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी चक्र वलीले २६३ मत ल्याएका थिए । त्यस्तै सचिव पदमा गणेश के।सी ३४३ मतका साथ विजयी भएका छन् । उनका प्रतिष्पर्धी लीला खड्काले २४४ मत प्राप्त गरेका छन् ।


यस्तै, थारु समानुपातिक तर्फ शुकलाल चौधरीलाई (२५५ मत) पराजित गर्दै मधु चौधरी ३३० मत प्राप्त गरी विजयी भएका छन् ।