
तुलसीपुर,१५ असोज ।
नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ को सभापतिमा खिमबहादुर वली बिजयी भएका छन् । सभापति वली यसअघि ३ (ख) को सभापति थिए । प्राप्त अन्तिम मत परिनाम अनुसार वलीले ४०६ मत प्राप्त गरि निर्वाचित भएका हुन ।
निकटतम प्रतिष्पर्धी सुरेन्द्र खड्काले २९७ मत प्राप्त गरे । अर्का प्रतिष्पर्धी घनश्याम ढकालले २३० प्राप्त गरे । उनी तुलसीपुर – ९ का वडाध्यक्ष हुन । अन्य प्रतिष्पर्धी किरण शाह १४५ र कुमार लामिछानेले सबै भन्दा कम ७२ मत प्राप्त गरे ।
कार्यसमितिको सहसचिवमा रमेश भण्डारी ४४९ मत प्राप्त गरि बिजयी हुँदा बामदेव बिष्टले ३०४ र डिल्ली पौडेलले २९४ मत प्राप्त गरेका छन् ।
नेपाली काँग्रेसको १५औं महाधिबेशन अन्तगर्त नेतृत्व चुन्न बुधबार मतदान भएको थियो । जस्को अन्तिम परिनाम बिहीबार बेलुकी सार्वजनिक भएको हो ।
मतदानमा १२२४ मत खसेको थियो ।
निर्वाचन बाट दाङ क्षेत्र नं. ३ (क) मा तेजबहादुर डाँगी र ३ (ख) मा शम्भु गिरी निर्वाचित भएका थिए ।



लाइभदाङ । १५ आश्विन २०८३, बिहीबार २२:३१ बजे