
दाङ, १४ असोज ।
नेपाली काङ्ग्रेस १५औँ महाधिवेशनअन्तर्गत दाङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ को अधिवेशनबाट क्षेत्रीय सभापतिमा दिनेश गिरी निर्वाचित हुनुभएको छ ।
कुल ९०३ मत खसेकोमा गिरीले ५१६ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी कुमार घिमिरेले ३३६ मत प्राप्त गर्नुभयो ।
त्यस्तै, क्षेत्रीय सचिव पदमा गोविन्दकुमार वली निर्वाचित हुनुभएको छ । वलीले ४६८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी प्रकाश जिसीले ३५३ मत प्राप्त गर्नुभयो ।
दाङ–१ को क्षेत्रीय अधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सभापति र सचिव पदको टुंगो लागेको हो ।



लाइभदाङ । १४ आश्विन २०८३, बुधबार २१:०६ बजे