लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरी सर्वसम्मत महाधिवेशन प्रतिनिधि

दाङ, १४ असोज ।
दाङ क्षेत्र नम्बर ३ बाट लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता डिल्लीबहादुर चौधरी १५औँ महाधिवेशनका लागि सर्वसम्मत रूपमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन्। देउवा निकट रहेका चौधरी पछिल्लो समय गगन नेतृत्वको पार्टीमा निरन्तरता दिएका हुन् ।

उनी थारू कोटाबाट सर्वसम्मत भएका हुन् । सोही पदमा अन्य दुइजनाले उम्मेदवारी दिएका थिए । यादव चौधरी र केशव चौधरीले आफ्नो दाबी छाड्दै उम्मेदवारी फिर्ता लिएपछि डिल्लीबहादुर निर्विरोध चयन भएका हुन्।


हाल कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतृत्व गरिरहेका चौधरीको पार्टी राजनीतिमा एउटा रोचक इतिहास छ। १४औँ महाधिवेशनसहित विगतका कुनै पनि आन्तरिक प्रतिस्पर्धामा उनले चुनावी सामना गर्नु परेको छैनस हरेकपटक उनी सर्वसम्मत रूपमा चयन हुँदै आएका छन्।