अपाङ्गता क्षेत्रमा क्रियाशिल देवा काँग्रेसको महाधिवेशन प्रतिनिधि उम्मेदवार

तुलसीपुर, १४ असोज ।
महिला तथा अपाङगता क्षेत्रमा लामो समय देखि क्रियाशिल देवा डाँगी नेपाली काँग्रेसको १५ अ‍ौँ महाधिवेशनमा खुल्ला महिला तर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वार बनेकी छन् ।


उनले पार्टीको संगठन सुदृढिकरण,महिलाहरुको सशक्तिकरण,अपांगता तथा पछाडि पारिएका वर्ग र समुदायको राज्यमा पहुँच विस्तार तथा नेतृत्व विकसमा भुमिका खेल्ने बताएकी छन् । उनले मत मार्फत आफूले न्याय पाउने समेत बताइन ।