तुलसीपुर, ३० जेठ । दाङको तुलसीपुरमा मंगलबार विहान एक ब्यक्तीमा खुकुरी प्रहार भएको छ ।
बुधबार राति १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका–४ मजवा ठूलाखाली चोकमा सामान्य विवाद हुँदा २४ बर्षीय गोरखलाल खड्कामाथि चक्कु प्रहार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए । सोही ठाउँका २१ बर्षीय पवन केसीसहितका ब्यक्तीले चक्कु प्रहार गरेको प्रहरीले बताएको छ ।
चक्कु प्रहार हुँदा ढाडमा गहिरो चोट लागेका खड्काको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि नर्सिङहोम नेपालगञ्ज लगिएको छ ।
चक्कु प्रहार गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पवन केसीसहित सोही ठाउँका १८ बर्षीय झग्गु वली र २२ बर्षीय विकास पुनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
साथै उनीहरुको साथबाट रा ६ प ५०, रा ४ प ५२४ र रा ६ प ४०६५ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ ।
लाइभदाङ । ३० जेष्ठ २०८१, बुधबार ०७:०२ बजे