दिपक गिरीले दिए काँग्रेस उपसभापतिमा उम्मेदवारी

दाङ, २० असोज ।
नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि उपसभापतिमा दाङका दीपक गिरीले उम्मेदवारी दिएका छन् । आफूले पार्टी भित्र होस्, वा बाहिर निस्कलंक छबि बनाएको समेत उनले बताए । त्यसैले पनि आफूले उम्मेदवारी दिएको गिरीको भनाई छ । गिरी पूर्वमन्त्री समेत हुन् । उनी सिंचाई मन्त्री भएका थिए । त्यस्तै उनले दाङबाट दुई पटक निर्वाचन जितेर संसदमा प्रतिनिधित्व समेत जनाएका थिए ।

पार्टीको सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरको उम्मेदवारी परेको छ । यसैगरी वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा, उपसभापति ९महिला०मा पुष्पा भुसालले मात्र उम्मेदवारी दर्ता गराएका छन् । उपसभापति खुलामा डा चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा।मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा चन्द्रमोहन यादवको उम्मेदवारी परेको छ ।


समावेशी उपसभापतिमा जीवन परियार, बिनोद चौधरी, फर्मुल्लाहा मनसुर, सीता गुरुङ र रन्जित कर्णको उम्मेदवारी परेको छ । खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शङ्कर तिवारी, डा सुनिल शर्मा र डा सन्तोष उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन् ।

महामन्त्री महिलामा डा डिला संग्रौला, डिना उपाध्याय र रिता खनालको उम्मेदवारी परेको छ । सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एकरएक जना, खुला उपसभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँचजना, खुला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको हो ।