
दाङ, ८ फागुन ।
पार्टीको झण्डा जलाउनेलाई कारवाही नगरेको भन्दै एमालेले दाङको घोराहीमा कालो झण्डा सहित पदर्शन गरेको छ । विहीबार राति तुलसीपुरमा भेला भएका राष्ट्रिय स्वतन्त्र पार्टी समर्थकले एमालेको झण्डा जलाएको भन्दै कारवाहीको माग गरेपनि अहिलेसम्म पनि पक्राउ नगरेको भन्दै पर्दशन गरेको एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले बताए । शुक्रबर अपरान्ह साढे ४ बजेतिर घोरााही बजारमा प्रदर्शन गरेका हुन् । त्यस अवसरमा बुढाथोकीले झण्डा जलाउनेलाई कारवाही नगरे पार्टीले नै कारवाही गर्ने समेत बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको आज घोराहीमा भएको कार्यक्रमकालागि रास्वपा सभापति रवि लामिछाने र नेता बालेन शाह आउने क्रममा तुलसीपुरको विरेन्द्र चोकमा भेला भएका समर्थकले झण्डा जलाएका थिए । झण्डा जलाउने विरुद्ध रास्वपाले पनि कारवाही गर्ने सभापति रवि लामिछाने बताएका छन् ।



लाइभदाङ । ८ फाल्गुन २०८२, शुक्रबार १७:०३ बजे