
दाङ, २० असोज ।
तुलसीपुर उपमहानगरपालिका–९ निवासी गोकर्ण डाँगी सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस हुनुभएको छ।
न्यायपरिषद्ले डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो। डाँगी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएपछि दाङमा उहाँलाई बधाई तथा शुभकामना दिने क्रम सुरु भएको छ।
उहाँको कानुनी क्षेत्रको अनुभव र योगदानको उच्च मूल्यांकन गर्दै सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएको भन्दै शुभेच्छुकहरूले बधाई दिएका छन्।



लाइभदाङ । २० आश्विन २०८३, मंगलवार २०:५५ बजे