दर्शन भुजाको बदमासी : प्याकेजिङ् मिति २०७९ माघ

तुलसीपुर
२३ असार / दाङ तुलसीपुर १७ स्थित श्री हिमाल प्याकेजिङ उद्योगले बदमासी गरेको पाइएको छ ।

रुकुम (पूर्व)को भूमे गाउँपालिका– १ लकुमको एक पसलमा अनुगमन गर्दा उक्त उद्योगले प्याकेजिङ मिति २०७९ माघ राखेको छ । उक्त उद्योगले प्याकेजिङ गरेको ‘दर्शन भुजा’ को मिति २०७९ माघ राखिएको पाईएको हो । जो कि अहिले २०७९ असार महिना चलिरहेको छ ।

चलिरहेको महिना भन्दा ७ महिना पछिको मिति राखेर यसरी भुजा विक्री गरेको पाईएको हो । उक्त भुजाको उपभोग गर्ने अबधी ४ महिना मात्रै हुन्छ । यदि त्यही मितिलाई आधार मान्ने हो भने २०८० जेठसम्म प्रयोग गर्न मिल्छ । यसरी गलत मिति राखेर बेच्नुले मानब स्वास्थ्यमा निकै ठूलो असर गर्ने बताईएको छ ।


दूरदराज ठाउँमा मानिसले उत्पादन र उपभोग गर्न मिल्ने मितिलाई ख्याल नगर्ने भएकाले पनि यस्तो गरेको हुन सक्ने अनुगमणकर्ताले बताएका छन् । त्यस्तो भुजा भेटिएपछि त्यो भुजालाई बरामद गरिएको थियो ।

तस्वीर: रासस