तुलसीपुरका पेट्रोल पम्पको अनुगमनः ७ दिनमा मापदण्ड पूरा नगरे इन्धन नदिने

तुलसीपुर, १८ जेठ । दाङको तुलसीपुरका पेट्रोलपम्पहरुको अनुगमन गरिएको छ ।

राष्ट्रिय कार्यक्रम अन्तर्गत तुलसीपुरका पेट्रोल पम्पहरुको अनुगमन गर्दा मापदण्ड विपरित भएको पाईएको हो ।

महिला पुरुष शौचालय नभएको, अपाङग मैत्री शौचालय नभएको, खानेपानीको उचित ब्यबस्था नभएको, टायल नलगाएको जस्ता समस्याहरु देखिएका थिए ।

तुलसीपुरका सबै जसो पेट्रोल पम्पहरुमा त्यस्तो समस्या देखिाएको हो ।


ति पेट्रोल पम्पहरुलाई तत्काल सुधार गर्न अनुगमन टोलीले निर्देशन गरेको छ ।

यदि त्यो पूरा नगरे नेपाल आयल निगमले इन्धन नै उपलब्ध नगराउने समेत चेतावनी दिईएको छ ।

अनुगमन भएको मितिले सात दिन भित्रमा त्यो कुरा सुधार हुनुपर्ने अनुगमन टोलीको निर्देशन छ ।