पश्चिम दाङको विकास गर्न मेरो उम्मेदवारीः बस्नेत

तुलसीपुर, २३ असोज ।
एमालेबाट निर्वाचन क्षेत्र नं.३ (ख) का उम्मेदवार हुकुमबहादुर बस्नेतले पश्चिम दाङको विकासका लागि आफ्नो उम्मेदवारी भएको बताउनु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरमा मनोनय दर्ता पछि पत्रकारसंग संक्षिप्त कुरा गर्दै उहाँले विकासको दृष्टिकोणले पछाडी पारिएको पश्चिम दाङको विकास गर्नु नै आफ्नो पहिलो काम हुने बताउनुभयो ।


उम्मेदवार बस्नेतले निर्वाचित भएपछि लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले दाङलाई राजधानी बनाउन थालेको अभियानलाई सार्थकतामा बदल्नका लागि राजधानीलाई व्यवस्थित गर्ने र सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्ने काममा पनि लाग्ने बताउनुभयो ।