दुई साहित्यिक संस्थाको संयुक्त आयोजनामा वृहत् साहित्यिक कार्यक्रम सम्पन्न

रामप्रसाद सुवेदी

काठमाण्डौँ, १३ असार ।

साहित्यिक चौतारी नेपाल र विश्व नेपाली साहित्य महासंघको संयुक्त आयोजनामा “विश्व चौतारी सङ्गम” कार्यक्रम काठमाण्डौँमा सम्पन्न भएको छ । स्वदेश तथा विदेशमा नेपाली भाषा तथा साहित्यको संरक्षण तथा प्रवर्द्धनमा अहोरात्र लागि परेका दुई संस्थाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्व तथा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथिहरूमा नेपाली साहित्यका शिखरपुरुष पूर्वकुलपति आयामेली कवि वैरागी काइँला, पूर्व महामहिम राजदूत श्री भीम उदास, नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङ, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव तथा दर्शन विभाग प्रमुख प्रा. जगतप्रसाद उपाध्याय, नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेल, प्राज्ञ डा. बेन्जु शर्मा, प्राज्ञ कविता आले, डा. ज्ञानु अधिकारी, डा. घनश्याम परिश्रमी, डा. रामप्रसाद ज्ञवाली, डा. गार्गी शर्मा, डा. नवराज लम्साल, शैलेन्द्र साकार, प्रा. प्रभा आचार्य, मोमिला जोशी, गीता खत्री, लगायतका हुनुहुन्थ्यो ।


कार्यक्रममा वरिष्ठ साहित्यकार पूर्वकुलपति वैरागी काइँलालाई “विशिष्ट साधक सम्मान” प्रदान गरिएको थियो भने गीता भण्डारीको कविता सङ्ग्रह ” एक्काइसौँ शताब्दीमा हामी” सुरेन्द्र लिम्बू परदेशीको “हामी आयामका भुइँमान्छेहरू” र साहित्य संसार गरी तीन पुस्तकको लोकार्पण गरिएको थियो। डा. ज्ञानु अधिकारी र डा. घनश्याम परिश्रमीले लोकार्पण पुस्तकमाथि समिक्षा गर्नुभएको थियो ।

साहित्यिक चौतारी नेपालका संस्थापक अध्यक्ष सन्दीप संग्रौला दिलदुखीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्राज्ञ डा. बेन्जु, सरू बस्नेत, अर्जुन न्यौपाने, डा. नाज सिंह, शैलेन्द्र साकार, माया उपाध्याय, मणिराज सिंह, माधव बिडारी, कमला भण्डारी, श्यामकुमार श्रेष्ठ, विन्दा पराजुली, पिङ्की बोहरा, मनोज परियार, कुशुम प्यारी, राधिका कल्पित , दलबहादुर लामा, आस्था निरौला लगायतले सिर्जना वाचन गर्नुभएको थियो ।

साहित्यिक चौतारी नेपालका केन्द्रीय अध्यक्ष गीता भण्डारीले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन साहित्यिक चौतारी नेपाल केन्द्रीय सचिव रोशन तिमल्सिना र विनेसाम कोषाध्यक्ष केवी पौडेलले गर्नुभएको थियो ।साहित्यिक चौतारी नेपालका केन्द्रीय अध्यक्ष गीता भण्डारीले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन साहित्यिक चौतारी नेपाल केन्द्रीय सचिव रोशन तिमल्सिना र विनेसाम कोषाध्यक्ष केवी पौडेलले गर्नुभएको थियो ।