तुलसीपुर महोत्सवमा दर्शक बढ्दै

देव राज कँडेल
दाङ, २९ मंसिर ।

मंसिर २५ गते देखि दाङको तुलसीपुरमा सञ्चालन भएको महोत्सवमा दर्शकहरु बढन थालेका छन । एक पछि अर्को दिन गर्दै दर्शक बढ्दै गएका हुन ।

पुस ६ गतेसम्म सञ्चालन हुने लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको बुधवार चौथो दिन उल्लेख्य दर्शकको सहभागिता रहेको थियो ।

महोत्सव भित्र राखिएका स्टलहरुदेखि मनोरञ्जन स्थलसम्म तथा सास्कृति कार्यक्रम सम्ममा दर्शकको बाक्लो उपस्थिति रहेको हुदा आयोजकलाई समेत हौसला थप हुदै गएको महोत्सव मुलल आयोजक समितिका संयोजक तथा युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले बताए ।


यूथ्स अफ तुलसीपुरको आयोजनामा तुलसीपुरमा पुस्तकालय स्थापनार्थ महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवको चौथो दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

बुधवार गायक रामजी खाँण, मञ्जु पौडेल लगायतकाको प्रस्तुति रहेको थियो । महोत्सवको चौथो दिन ५ हजार बढी दर्शकले मेला अवलोकन गरेको आयोजकले बताएको छ ।

तुलसीपुरमा पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने थप उद्देश्यछ । महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव पुस ६ गतेसम्म सञ्चालन हुने छ ।