माओवादी केन्द्र तुलसीपुर ३ को वडा कमिटि गठन

तुलसीपुर
२९ साउन / नेपाल कम्युनिष्ट पार्टी(माओवादी) केन्द्र तुलसीपुर ३ को भेलाले चेतमान सेजुवालको अध्यक्षतामा वडा कमिटि गठन गरेको छ । शुक्रबार भएको भेलाले ३५ सदस्यीय वडा कमिटि गठन गरेको हो ।

जसको सचिबमा विरबहादुर बुढा(विरेन्द्र)लाई चयन गरिएको छ । किसान महासंघका केन्द्रीय उपाध्यक्ष शेसुराम भण्डारीको प्रमुख आतिथ्यमा भेला भएको हो । त्यस अवसरमा प्रमुख अतिथि भण्डारले पार्टी सुदृढ हुनकालागि वडादेखि टोल तहमा पार्टी मजवुत हुनुपर्ने बताए ।

त्यस अवसरमा पार्टीका नगर सचिबालय सदस्य सुरविल ओली, योंग कम्युनिष्ट लिग (वाईसियल) नेपाल दाङका उपाध्यक्ष हेमेन्द्र शाहीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


कार्यक्रमको सहजीकरण वाईसियलका जिल्ला सदस्य टेकराज केसीले गरेका थिए ।

यस्तै वडाको वाईसियल कमिटि पनि गठन गरिएको छ । विष्णुप्रसाद शर्माको अध्यक्षतामा वडा कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा एलवी घर्ती, सचिबमा इशा वली, कोषाध्यक्षमा मिलन आले मगरलाई चयन गरिएको छ । २५ सदस्यीय वडा कमिटि गठन गरिएको हो ।