जीवनप्रेमी एजुकेयर एकेडेमीका विद्यार्थीले रोपे धान

तुलसीपुर, १५ असार ।
असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा जीवनप्रेमी एजुकेयर एकेडेमी, तुलसीपुरले धान रोपाइ तथा वृक्षारोपण कार्यक्रम गरेको छ । संस्कृति प्रवद्र्धनसँगै आफ्ना विद्यार्थीहरुलाई व्यवहारिक शिक्षासँग जोड्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको विद्यालयको भनाइ छ ।

विद्यालयका प्रिन्सिपल कुबेर केसीले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञानको पनि विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उहाँले यस्ता कार्यले विद्यार्थीहरूमा जीवनोपयोगी सीपको विकास हुने विश्वास व्यक्त गरे ।


विद्यालयका भाइस प्रिन्सिपल मोतीराम भुसालले पनि विद्यालयको यस्तो अभ्यासले विद्यार्थीहरूलाई कर्मठ, जिम्मेवार र व्यवहारिक रूपमा सबल बनाउनेतर्फ टेवा पु¥याउने विश्वास व्यक्त गरे । कृषि, वातावरण र संस्कृतिसँग जोडिएका कार्यक्रमहरूले बालबालिकामा प्रकृतिप्रेम, सम्मान र समझदारी विकसित गर्ने उनको भनाई थियो ।