३४ मतदान केन्द्रका मतपेटिका सर्केगाडमै अलपत्र

हुम्ला, ६ मंसिर ।
हुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र (क) को मतपत्र संकलन भएका ३४ मतदान केन्द्रका मतपेटिका सर्केगाड गाउँपालिका केन्द्रमै अलपत्र परेका छन् ।

५९ मतदान केन्द्रमध्ये २५ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिमकोट ल्याइसकेको छ । ३४ मतदान केन्द्रका मतपेटिका ताजाकोट, चंखेली, अदानचुली र सर्केगाड गाउँपालिकाका मतदान केन्द्रबाट गाउँपालिका केन्द्र थन्किएको पाइएको छ ।

हेलिकप्टरबाट मतपेटिका ओसार्न भनिए पनि अहिलेसम्म मतपेटिका सर्केगाडमै अलपत्र परेको शम्भु आधारभूत विद्यालयका मतदान अधिकृत दानबहादुर बोहराले जानकारी दिए ।


अहिलेसम्म कुनै पहल नभएपछि बिहानदेखि हेलिकप्टरको प्रतीक्षा गर्दागर्दै थाकिसकेको बोहराले बताए । प्रदेश १ को ३४ मतदान केन्द्रका १३६ मतपेटिका सर्केगाड गाउँपालिका केन्द्र थन्किएपछि मतगणना केही टुंगो लाग्न सकेको छैन ।

प्रदेशसभा (क) मा १४ हजार ७३८ जनाले मतदान गरेका छन् ।