तुलसीपुर
४ असार / तुलसीपुर उपमहानगरपालिका वडा नं. १ स्थित पवननगर स्वास्थ्य चौकीमा भएको स्वास्थ शिविरमा २८७ जनाले सेवा लिएका छन् । शनिबार वडा नं. १ को आयोजना तथा शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको प्राबिधिक सहयोगमा उक्त स्वास्थ्य शिविर भएको हो ।
महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको स्क्रिनिङकाकालागि एक दिने निःशुल्क स्वास्थ्य शिविर भएको हो । शिविरमा खजुराबाट १० जना चिकित्सकको टोली आएको थियो ।
भिआईए, स्तन, नाक, कान, घाँटी सम्बन्धि क्यान्सरको जाँच गरिएको हो । घर आँगणमै बिशेषज्ञ सेवा दिने उद्देश्यले उक्त शिविर आयोजना गरिएको वडाध्यक्ष हुमकान्त सापकोटाले बताए । उनका अनुसार शिविर भएपछि त्यहाँका महिलाले सहज सेवा लिएका थिए । घर आँगणबाटै सेवा पाउदा खुसी भएको त्यहाँका महिलाहरुको भनाई छ । लामो समयदेखि रोग लुकाएर बसेकाहरुललाई पनि यो शिविर सहज बनाएको थियो । त्यस अवसरमा तुलसीपुर १ र २ का महिलाहरुले सेवा लिएका थिए ।
लाइभदाङ । ६ असार २०७९, सोमबार १२:१६ बजे