Wi-Fi Nepal को दशैं अफर : हप्तैपिच्छे स्मार्टफोन, ग्राण्ड उपहारमा इलेक्ट्रिक स्कुटर

काठमाडौं, ८ असोज।
दशैंलाई लक्षित गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनी Wi-Fi Nepal Pvt. Ltd. ले ग्राहकहरूलाई आकर्षक अफर सार्वजनिक गरेको छ । डिजिटल भुक्तानीलाई सहज बनाउन कम्पनीले Khalti Digital Wallet लाई Official Payment Partner बनाई, सेवाग्राहीलाई उपहार जित्ने अवसर उपलब्ध गराएको हो ।

यस अफर अन्तर्गत Khalti मार्फत Wi-Fi Nepal को इन्टरनेट शुल्क तिर्ने ग्राहकहरू मध्ये हरेक हप्तामा १ जना भाग्यशालीले Infinix Gaming Smartphone प्राप्त गर्नेछन् भने, ग्राण्ड उपहारको रुपमा अत्याधुनिक Yadea G5 इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ ।

Value Pack अफरमा ७० Mbps इन्टरनेटसँगै Dual Band Router उपलब्ध हुनेछ । ग्राहकले १२ महिनाको प्याकेज लिनु पर्दा रु. ८,३५० (VAT सहित) मा सेवा पाउनेछन् र अतिरिक्त २ महिना बोनस समेत प्राप्त गर्नेछन् ।

त्यस बाहेक अन्य प्याकेजहरूमा पनि बोनस महिना थपिएको कम्पनीले जनाएको छ । ३ महिना लिँदा १५ दिन अतिरिक्त, ६ महिना लिँदा डेढ महिना अतिरिक्त, १२ महिना लिँदा २ महिना अतिरिक्त र २४ महिना लिँदा ३ महिना अतिरिक्त उपलब्ध हुनेछ ।


यो अफर नयाँ ग्राहकसँगै पुराना ग्राहकका लागि पनि लागू हुनेछ । ग्राहकले Khalti मार्फत भुक्तानी गरेर इन्टरनेट सेवा लिँदा Value Pack र बोनस महिनाको सुविधा दुवै पाउनेछन् ।

कम्पनीका अनुसार दशैं अफरमार्फत ग्राहकलाई किफायती इन्टरनेट सेवासँगै खुसी बाँड्ने उद्देश्य राखिएको हो । “दशैं नेपालीहरूको साझा पर्व हो । यस अवसरमा हामीले ग्राहकलाई मात्र इन्टरनेट सेवा होइन, उत्सवसँगै उपहार जित्ने अवसर पनि दिन चाहेका हौं,” कम्पनीले जनाएको छ ।

यस अफरबारे थप विवरणका लागि ग्राहकले कम्पनीको आधिकारिक वेबसाइट wifinepal.com.np वा सम्पर्क नम्बर ०१-५९७०७८९ मा सम्पर्क गर्न सक्नेछन् ।