तुलसीपुर
१ असार / लुम्बिनी प्रदेशको स्थायी राजधानी व्यबस्थापनकालागि बजेट बिनियोजन गरिएको छ ।
दाङ्गको देउखुरीमा रहेको राप्ती उपत्यकामा राजधानी व्यवस्थापन, लुम्बिनी प्राविधिक विश्व विद्यालय, लुम्बिनी प्रादेशिक अस्पताल र पाल्पाको रामपुरदेखि रोल्पाको पातिहाल्ना (जिनावाङ) सम्मको सडक (रामपुर–कपुरकोटः जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग) लाई प्रादेशिक गौरवका आयोजनाको रुपमा कार्यान्वयन गर्नकालागि १ अर्ब ६९ करोड विनियोजन गरिएको छ ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले बुधबार संसदमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
लाइभदाङ । १ असार २०७९, बुधबार १९:३९ बजे