
तुलसीपुर, ६ फागुन । दाङ शान्तिनगर गाउँपालिकाले आफ्नो प्रतीक चिन्ह प्रयोगमा ल्याएको छ ।
१०औँ कार्यपालिकाको बैठकबाट पारित भई १७औँ गाउँसभा द्वारा सर्वसम्मत अनुमोदन भएपछि पालिकाले प्रतीक चिन्ह प्रयोगमा ल्याएको हो ।
शान्तिनगर गाउँपालिकाको सम्पूर्ण विशेषता तथा पहिचानलाई समेटेर उक्त प्रतीक चिन्ह निर्माण गरिएको थियो ।
गाउँपालिकाको प्रतीक चिन्हमा भूगोल, संस्कृति, पर्यावरण, किसान, तराई, पहाड, कृषि, नदी, तथा ग्रामिण परिवेश जस्ता विषयलाई समेटिएको छ।
उक्त चिन्हलाई पालिकाको हरेक कामकाजमा प्रयोग गर्ने अध्यक्ष बस्नेतले बताए ।



लाइभदाङ । ६ फाल्गुन २०८१, मंगलवार २१:५० बजे