दाङबाट एमाले महाधिवेशन प्रतिनिधिमा २५ जना छनोट

दाङ
२७ कात्तिक / नेकपा एमालेले दाङबाट २५ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । एमाले दाङका सचिव मनोहर बुढाथोकीका अनुसार सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरिएको हो । जसमा दाङ क्षेत्र नं. १ बाट ६ जना, क्षेत्र नं. २ बाट ७, क्षेत्र नं. ३ बाट ९ र दलितबाट ३ जनालाई प्रतिनिधिमा छनोट गरिएको हो ।

क्षेत्र नं. १ बाट रेवतीरमण शर्मा, राममणी पाण्डे, कुलबहादुर केसी, सहजराम यादव, सरस्वती गौतम र गंगा चौधरीलाई छनोट गरिएको छ ।त्यस्तै क्षेत्र नं. २ बाट टिकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्र बहादुर केसी, भेषराज खत्री, बलिभद्र राना, तुलसा केसी र हुमा डिसीलाई छनोट गरिएको छ ।


त्यस्तै क्षेत्र नं. ३ बाट हुकुमबहादुर बस्नेत, घनश्याम पाण्डे, रामजी चौधरी, भुवनेश्वर पौडेल, मनोहर बुढाथोकी, कृष्णप्रसाद भुसाल, कोमल वली,माया आचार्य र धमकली चौधरीलाई छनोट गरिएको हो । त्यस्तै दलिततर्फ जितेन्द्रमान नेपाली, मानबहादुर विक र निर्मला विकलाई छनोट गरिएको हो ।