मतदाता नामावली दर्ता आजदेखि सुरु

काठमाडौं, १ असार ।

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । स्थानिय तह निर्वाचन अघि स्थगन गरिएको मतदाता नामावली दर्ता फेरी आजदेखि शुरु गर्न लागेको आयोगले जनाएको हो।


सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिनेछ भने अस्थायी बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने आयोगले जनाएको छ । आयोगका अनुसार मतदाता नामावलीमा दर्ता गराउनुका साथै यो समयमा मतदाता नामावाली विवरणमा भएका त्रुटि सच्याउन, मृत्यु भएकाहरुको नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न र दोहोरो परेको नाम हटाउन सकिनेछ ।

यस्तै गरी आयोगले वितरण गरेको मतदाता परिचयपत्र भएको तर मतदाता नामावलीमा कुनै कारणवस नाम छुटेकाले पनि नाम लेखाउन सकिने आयोगले स्पष्ट परेको छ ।