भैलो रकमले जेब्रा क्रसिङ्

तुलसीपुर
२१ कात्तिक / बबई ३ हंसपुर स्थित प्रगतिशील युवा क्लबले देउसी भैलोबाट संकलन गरेको रकम जेब्रा क्रसिङ निर्माणमा खर्चिएको छ । अग्रज, ट्राफिक प्रहरी, बिद्यालयका शिक्षक,क्लवका अध्यक्ष,पदाधिकारी, सदस्यहरुको सहभागितामा जेब्रा क्रसिङ निर्माण गरिएको हो । देउसिभैलो खेलेर जम्मा भएको रकम सामाजिक कार्यमा लगानी गर्दा त्यसले समाजलाई फाईदा हुने भन्दै आफूहरुले यस्तो कार्य गरिएकाे हाे ।

बिद्यालयका नजिक सम्भावित दुर्घटना न्युनिकरणका लागि जेब्रा क्रसिङ निर्माण गरिएको हो । क्लबका अध्यक्ष केशब बिकले रमाइलोको नाममा फजुल खर्च गर्नु भन्दा यस्ता सामाजिक कार्यमा लगाउनु पर्ने बताए ।


युवाहरु नै परिवर्तनका सम्बहाक भएकाले आफूले सकेको सामाजिक कार्य गर्नै पर्ने तथा समाजमा सकारात्मक कार्यमा युवाहरु पनि अग्रसर भएर सन्देश मुलक कार्यमा लाग्नै पर्ने हिमाल डाँगीले बताए ।

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष मान बहादुर केसी, शिक्षक प्रेम बहादुर ओली , क्लवका प्रमुख सल्लाहकार तथा युवा अभियन्ता हिमाल डाँगी , ट्राफिक प्रहरी बसन्त ढकाल, टोल अध्यक्ष बिर बहादुर डाँगी, शिक्षक टोपेन्द्र थापा, बालकृष्ण केसि , युवाहरु राजु ओली, नारायण भण्डारीलगायत युवा तथा बिद्यार्थिहरुको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक केशब बाबु बिकले धन्यवाद ज्ञापन गरेका थिए।