दाङ
२८ साउन / दाङमा विहीबार २५ संक्रमित थपिएका छन् ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ७० जनामा पीसीआर परीक्षण गर्दा १३ पुरुष र १२ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा घोरहीका १७ जना, बबईका ३ जना, तुलसीपुर र लमहीका २/२ जना, र शान्तिनगरका एक जना रहेका छन् ।
यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ५७ पुगेको छ । ति मध्य १ सय ३५ जना घरमा, एचडीयुमा १६ जना र आईसियूमा ६ जना रहेका छन् ।
यस्तै दाङमा २४ जना कोरोना मुक्त भएका छन् । बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ६ सय ४४ जना रहेको छ भने ८ हजार २ सय ७८ जना निको भएका छन् । त्यस्तै बैशाख यता दाङमा कोरोनाका कारण २ सय ९ जनाको मृत्यु भएको छ ।
लाइभदाङ । २८ श्रावण २०७८, बिहीबार २०:४८ बजे