दंगीशरण–२ मा २५ दिने ढकिया हस्तकला उत्पादन एड्भान्स तालिम सम्पन्न

दंगीशरण, १८ जेठ ।
हाम्रो राजाकोट उदेश्य सहकारी सस्था लि।को आयोजना,दंगीशरण गाउँपालिकाको व्यवस्थापन तथा युके.एड प्रेक्टिकल एकसन,डिकोस र ग्रीन फाउन्डेसनइ नेपालको प्राविधिक सहयोगमा २५ दिने ढकिया हस्तकला उत्पादन एड्भान्स एबम वन महासंघको स्थापना दिवस कार्यक्रम दंगीशरण २ को कलमखोलामा सम्पन्न भएको छ ।

हाम्रो राजाकोट बहुउदेस्यीय सहकारी संस्था लि.का अध्यक्ष कलभान नेपालीको अध्यक्षता दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा लुम्बिनि प्रदेश वन महासंघका महासचिव शोभाकर सापकोटाको बिशिस्ट आथित्यतामा कार्यक्रमको समापन गरीएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती शम्भु गिरीले वन समुदायमा हस्तान्तरण भएपछी बनको राम्रो संरक्षण भएको वताउनुभयो ।

वन ऐनलाइ आफुहरु छिट्टै पास गर्ने सोचमा अगाडी बढेको समेत अध्यक्ष गिरीले बताउनुभयो । संघीयता आइसकेपनि सेना र वन स्थानीय सरकारको मातहतमा नआउदा कामको सिलसिलामा अप्ठेरो पर्ने गरेको अध्यक्ष गिरीको भनाइ छ ।


यस्तै कार्यक्रमका बिशिस्ट अथिती वन महासंघका महासचिव शोभाकर सापकोटाले२०२९ सालमा वन ऐन आएको र तत्कालीन अवस्थामा ८ वटा सामुदायिक वन बाट शुरु गरीएको वन महासंघ नेपालमा अहिले ८००० सामुदायिक बनको नेतृत्व गरेको बताउनुभयो । अर्को प्रसङ्गमा महासचिव सापकोटाले गुणस्तरीय स्थानिय उत्पादनका लागी अझै एड्भान्स तालिम प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटकहरु आउने स्थानबाट यहाँ उत्पादित स्थानिय वस्तुको बजारीकरणमा सरोकारवालाले बिशेष ध्यानदिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य मिना चौधरी,वन महासंघ दंगीशरणका अध्यक्ष शोभाकर न्यौपाने,चेम्बर अफ कमर्सका टोप बहादुर घर्ती,वडा नं. २ का वडा अध्यक्ष डम्बर खत्री, लगायतले आ–आफ्नो भनाइ राख्नुभएकोथियो । हाम्रो राजाकोट बहुउदेश्य सहकारी संस्था लि.का लेखा समिती संयोजक इस्वरी गौतमको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी सस्थाका सचिव चक्रमिलन बिश्वकर्माले गर्नुभएकोथियो ।