गोरखा मोडेल कलेजद्वारा आयोजित अनुसन्धानत्मक लेख लेखन तथा प्रकाशन कार्यक्रम

दाङ, २५ असार ।
गोरखा मोडेल कलेजले अनुसन्धानत्मक लेखन तथा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । गोरखा मोडेल कलेज तुलसीपुरद्वारा आयोजित कार्यक्रममा जनता विद्यापीठ बिजौरीका उपप्रध्यापक डा.खगेन्द्र घोडासैनि अनुसन्धानत्मक लेखन तथा प्रकाशन कार्यक्रमको सहजकर्ता  हुन् ।

गोरखा मोडेल कलेजका क्याम्पस प्रमुख पुर्ण बिक्रम डाँगीले अनुसन्धानत्मक लेखन तथा प्रकाशन कार्यक्रमबाट अध्यापकहरुलाई खोज अनुसन्धान गर्ने अनुसन्धानको माध्यमबाट लेखन कार्यको विकास बढाउनको लागि यस्ता किसिमको कार्यक्रमहरू आयोजना गर्दै आएको बताए ।


कार्यक्रमबाट हामीले विभिन्न शीर्षकमा आफ्नो बिषय वस्तुसंग सम्बन्धित शिर्षकमा रहेर अध्यापहरुले खोज संगसंगै आर्टिकल गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरेको बताए ।

उक्त  कार्यक्रमको प्रमुख अथिती गोरखा ग्रुप शैक्षिक  निर्देशक तथा गोरखा मोडेल कलेका संचालक दुर्गा बहादुर केसि थिए । गोरखा मोडेल कलेज तुलसीपुरद्वारा आयोजित कार्यक्रममा ३० जना शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो ।