राष्ट्रबादी प्रगतिशील स्वतन्त्र शक्तिहरुको कार्यदल बबईले बुझायो गाउँपालिकालाई १२ बुदे ज्ञापन पत्र

रामप्रसाद सुवेदी

हापुरे, २७ जेठ ।

राष्ट्रबादी प्रगतिशील स्वतन्त्र शक्तिहरुको कार्यदल बबईले बबई गाउँपालिकालाई १२ बुदे ज्ञापनपत्र बुझाएको छ। राष्ट्रबादी प्रगतिशील स्वतन्त्र शक्तिहरुको कार्यदल बबईका संयोजक भक्त डाँगी सहितको टोलिले गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै जनालाई नभेटेपछि शिक्षा शाखा अधिकृत मोहन दाहाललाई ज्ञापनपत्र बुझाएको डाँगीले बताउनुभयो ।

राष्ट्रबादी प्रगतिशील स्वतन्त्र शक्तिहरुको कार्यदल बबईका संयोजक भक्त डाँगीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा तत्काल कृषकहरुलाई सहज रुपमा मल खाद उपलबध गराईनुपर्ने, पुरन्धारा झरनालाई पर्यटन क्षेत्रको रुपमा बिकास गर्न ट्वाङखोलामा पुल निर्माण गरिनुपर्ने,बबई गाउपालिका १ र ७ का मध्यबर्ती क्षेत्रका बिकट बस्तीहरुको ब्यबस्थापन र पुनर्वास निर्माण गरिनुपर्ने,भुमिहिन सुकुम्बासीको हकमा तत्काल लालपुर्जा बितरण गरिनुपर्ने बुदाहरु समेटिएका छन्।


त्यस्तै खेलकुदको बिकास गर्न आवस्यक बजेट बिनियोजन गरि प्रत्येक वडामा खेल मैदान निर्माण गरिनुपर्ने,गाउँपालिका द्वारा गरिने बिकास निर्माणका कार्यका निर्णयहरु सार्वजनिक गरिनुपर्ने,शैक्षिक संस्थामा आबद्ध शिक्षकहरु कुनै राजनीतिक दलको कृयाशिल सदस्यता लिएको भए तत्काल खारेज गरिनुपर्ने,नबनिर्वाचीत सबै जनप्रतिनिधिहरुले आफ्नो सम्पत्ति बिबरण सार्वजनिक गर्नुपर्ने र गाउँपालिकाले आह्वान गर्ने नियुक्ति प्रकृयामा राजनीतिक आस्थाका आधारमा नभई खुल्ला प्रतिस्पर्धाका आधारमा गरिनुपर्ने लगायतका १२ वटा बुदा समेटिएका छन् ।

No description available.

No description available.

No description available.