राप्ती नदीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

तुलसीपुर
२८ साउन / राप्ती नदीमा पानीको बहाव बढेको छ ।

पश्चिम राप्ती नदीको बगासोतीमा रहेको बाढी मापन केन्द्रमा विहीबार दिउसो साढे ३ बजे सतर्कता तह पार गरी ६.१ मिटर पुगेको थियो ।

नदीको दाङ क्षेत्रमा नदीमा ६.२ खतराको तह हो । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्का अनुसार पश्चिम राप्ती नदीको तल्लो तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन अनुरोध गरेका छन् ।


निरन्तर बर्षा जारी रहेको र नदीको तल्लो तटियय क्षेत्रमा काठ दाउरा समात्न, निकाल्न जाने कार्य अति जोखिमपूर्ण भएकाले नदीको किनार छेउमा नजान समेत अनुरोध गरेका छन् ।