अब तुलसीपुरमा रातीमा पनि भिडियो एक्सरे सेवा

तुलसीपुर, ३० वैशाख । दाङमा रातीमा भिडियो एक्सरे सेवा पाउन मुस्किल हुन्थ्यो । आपतकालिन अबस्थामा भिडियो एक्सरे सेवा हुँदैनथ्यो । भिडिया एक्सरे गर्न अर्को दिन नै कुर्नुपर्ने अबस्था थियो । तर, अब त्यो अबस्था रहेन । तुलसीपुरमा पुष्पन हेल्थकेयर प्रालिले रातीमा पनि सेवा दिने गरि भिडियो–एक्सरे सेवा दिन शुरु गरेको छ ।

एआई प्रबिधिको मेसिन जडान गरेर यो सेवा दिन सुरु गरेको हो । उक्त सेवाको सोमबार शुभारम्भ गरिएको छ । रेडियोलोजिस्ट डा. पुष्पराज रिजालले बुद्ध जयन्तीको अवसर पारेर उक्त सेवाको सुरुवात गरेका हुन् । तुलसीपुरको ‘ग’लाइनबाट उक्त सेवा सुरु भएको हो ।


बिशेष गरि गर्भवति महिलाको भिडियो एक्सरेसहित टुडी/फोरडी स्क्यान, एनामली स्क्यान, टीभीएस, पेट तथा छातिको भिडियो एक्सरे, घाँटी, स्तन, अण्डकोष, हातखुट्टा, जोर्नी , नवजात शिशु, गाठागुँठी, माशपेशी, ‘कलर डोप्लर’ जाँच, महिलाको तल्लो पेट र पाठेघर जाँचसमेत गरिने छ । करिब एक करोड लगातमा उक्त सेवा सुरु गरिएको हो ।

जसमा डा.रिजालसहितले सेवा प्रदान गर्नेछन् । डा.रिजाल स्वास्थ्य क्षेत्रमा मात्रै नभई सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छन् ।