मारिकोल्स र मेट्रो कलेज प्रथम सन्तोष स्मृति कप फुटबलको उपाधी होडमा

लक्ष्मण बस्नेत
२४ जेठ दाङ ।
क्याम्पस अफ लाईभ साईन्सेस् ९मारिकोल्स० ए र तुलसिपुर मेट्रो कलेज हरिपौरी दाङको तुलसिपुरमा जारी प्रथम सन्तोष स्मृति कप फुटबल प्रतियोगिता २०७९ को फाईनलमा भिड्ने भएका छ्न् ।
क्याम्पस अफ लाईभ साईन्सेस् तुलसिपुरको आयोजनामा संचालित प्रतियोगिताको मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आई ए ए एस पकलेवा कृषि कलेज लाई ट्राइबेकरमा ३ का बिरुद्ध ४ गोल अन्तरले पराजित गर्दै तुलसिपुर मेट्रो कलेजले फाईनल यात्रा तय गरेको हो । त्यस्तै मंगलबार नै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चितवन खैरेनी कृषि कलेज लाई सुन्यका विरुद्ध २ गोल अन्तरले पाखा लगाउदै क्याम्पस अफ लाईभ साईन्सेस् तुलसिपुरले मेट्रो कलेज संगको फाइनल भिडन्त पक्का गरेको हो । कडा प्रतिस्पर्धात्मक खेलमा लाईभ साईन्सेस् का जर्सी न १० का बिज्ञान गौतमले खेलको दोस्रो हाफ्मा २ गोल गरे । फाईनल खेल भोलि बिहान ६ बजे हुने आयोजक क्याम्पस अफ लाईभ साईन्सेस् तुलसिपुरका एकाडेमिक एड्भाईजर मनोज बस्नेतले जानकारी दिनु भएकोछ ।
प्रतियोगिताको बिजेता टिमले नगद ३५ हजार, कप मेडल,तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद १५ हजार, मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न् ।