दंगीशरण गाउँपालिकाको निति तथा कार्यक्रम

दंगीशरण, ८ असार ।
दंगीशरण गाउँपालिकाले १७ औं गाउँसभा सम्पन्न गरेको छ । १७ औं  गाउँसभामा गाउँपालिका अध्यक्ष शम्भु गिरीले १६ पेज लामो निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नितितथा कार्यक्रममा उज्यालो आखा कार्यक्रम, छोरी सम्मान कार्यक्रम, सुत्केरी पोषण प्रोत्साहन, दिर्घरोगिहरुलाई नि:शुल्क औषधि वितरण,दंगीशरण स्वास्थ्य सुधार कार्यक्रम मार्फत अपाङ्ग,जेष्ठ नागरीक गर्भवती,तथा सुत्केरी र विपन्नहरुको स्वास्थ्य स्याहार तथा वडा वडामा सामाजिक सुरक्षा भत्ता वितरण जस्ता जनमुखि कार्यक्रमहरुको निरन्तरता सहितको निती तथा कार्यक्रममा प्रस्तुत गरीएको हो ।

१७ औं गाउँसभामा प्रस्तुत निती तथा कार्यक्रममा कृषि क्षेत्रको विकासका लागी उन्नत बिउ बिजन उत्पादनका लागी प्रोत्साहित गरी बिउ उत्पादनको लागि अनुदान दिने ब्यबस्था सहित बालि बिमा कार्यक्रमको शुरुवात गर्ने कुरा नितितथा कार्यक्रममा समेटिएको छ । मत्स्यपालन ब्यब्सायलाइ प्रवर्द्धन गरी माछाको उत्पादन वृद्धि गर्न मत्स्य ब्यबसायलाइ यन्त्रीकरण गर्न विशेष कार्यक्रम अगाडि बढाउने निति तथा कार्यक्रममा उल्लेख छ । बबई नदिमा मत्स्य ब्यबसाय गर्न प्रोत्साहित गर्ने सम्मको कुरालाइ जोडिएको छ ।

शिक्षा अन्तर्गत स्मार्ट विद्यालयको अवधारणा अनुरुप आगामि आर्थिक बर्षमा नमुना विद्यालयवाट डिजिटल विद्यालय तथा स्मार्ट कक्षाको परीक्षण गरी क्रमस सवै विद्यालयमा बिस्तार गर्दै लग्ने । विद्यार्थीहरुमा नैतिकताको भावना विकास गर्न सस्कारयुक्त शिक्षा लागु गर्ने । योग शिक्षा तथा अभ्यासलाई योग साधना केन्द्रका अतिरिक्त बिधालयमा समेत लागु गर्ने ।


स्वास्थ्य अन्तर्गत दंगीशरणको गौरवको रुपमा रहेको दंगीशरण आधारभुत अस्पताल सन्चालनको लागी आवस्यक ब्यबस्थापन गरी विशेषज्ञ सेवा प्रदान गर्ने । दिर्घरोगिहरुको लगत संकलन गरी चिकित्सकको सिफारिस अनुसारका औषधि वितरणको ब्यबस्था गर्ने ।

उपाध्यक्ष हिंसापिडित महिला उद्दार कोष स्थापना देखि दलित,जनजाति,बिपन्न,अल्पसंख्यक अपाङ्गता भएका ब्यक्तिहरुको शसक्तीकरण तथा क्षमता विकासका लागि निति तथा कार्यक्रममा उल्लेख छ । निति तथा कार्यक्रमले सिचाइ, जलस्रोत, पुर्वाधार सङ्गै मानवीय विकासलाई प्राथमिकता दिएको छ ।

१७ औं गाउँसभाको आउदो बैठक आगामि १० गते २ बजेलाई तोकिएको छ । १० गते नै २०८१/८२ को वार्षिक बजेट प्रस्तुत हुनेछ ।