तुलसीपुर ८ को अम्बिकेश्वरी टोलमा माओवादीको कमिटि

तुलसीपुर,२७ असोज । नेकपा माओवादी केन्द्र तुलसीपुर ८ को अम्बिकेश्वरी टोलमा कमिटि गठन गरिएको छ ।

शनिबार एक कार्यक्रम गरि सोही वडामा टोल कमिटि गठन गरिएको हो । गोविन्द्र प्रसाद न्यौपानेको अध्यक्षमा २८ सदस्यीय टोल कमिटि गरिएको हो ।


त्यस अवसरमा लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य धनबहादुर मास्कीले पार्टी रुपान्तरणकासाथ अघि बढेको बताए । पार्टी गाउँ-गाउँका जनतामा गएर समस्या सुनेको भन्दै यसले पार्टीलाई थप उचाइमा पुर्‍याउने बताए ।

साथै हाल पार्टी सरकारमा भएको अबस्थामा गरेका विकास निर्माणका काम पनि जनतालाई बुझाएको बताए ।